अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो

Advertisement

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ ।   

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । 

Advertisement

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीको भनाइ छ । 

उनका अनुसार आवागमन  दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्नेछ । 

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गमा दैनिक कति सवारीसाधन आवतजावत हुन्छन्र भन्ने यकिन जानकारी सरकारी निकायसंग छैन । 
 

Advertisement

Advertisement