सुन तोलामा ८ सय र चाँदी १५ रुपियाँले बढ्यो,  बिहीबार कति पुग्यो भाउ ?

Advertisement

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपियाँ थियो । 

Advertisement

बुधबारको तुलनामा आज ८ सय रुपियाँ बढेको हो । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपियाँ रहेको छ । अघिल्लो दिन प्रतितेला १ लाख ४३ हजार ४०० रुपियाँमा कारोबार भएको थियो । 

त्यसैगरी चाँदीको मूल्य १५ रुपियाँ बढेको छ । बुधबार १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement