प्रधानमन्त्रीलाई विश्वास मत नदिन कांग्रेसको ह्विप जारी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत नदिन ह्विप जारी गरेको छ । 

प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वास मत नदिन भनेका छन् । 

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारको बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पाचौंपटक विश्वास मत लिँदैछन् । सत्ता साझेदारमा रहेका दलहरू नेकपा एमाले र जसपाले विश्वासको मत फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

त्यस्तै, कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आफ्ना सांसदलाई शुक्रबार प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन भनेको छ । 
 

Advertisement

Advertisement