आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, जम्माजम्मी कति मत पाउलान् ?

Advertisement

कठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौंपटक विश्वासको मत लिँदैछन् । 

बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । 

Advertisement

पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । 

प्रचण्ड अल्पमतमा परिसकेका छन् । उनले विश्वासको मत नपाउने निश्चितजस्तै देखिन्छ । बिहीबार मात्रै विभिन्न दलले संसदीय दलको बैठक डाकेर विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यद्यपि, रास्वपाले भने विश्वासको मत दिने–निर्णय गरिसकेको छैन । बिहान ९ बजे बस्ने संसदीय दललको बैठकले टुंगो लगाउनेछ । 

अहिलेसम्मको गणित हेर्दा प्रधानमन्त्री प्रचण्डलाई उनकै दलबाट ३२, नेकपा (एकीकृत समाजवादी) बाट १० मत आउनेछ । यी दुवैको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाले मत दिए भने उनको पक्षमा ६३ मत आउने देखिन्छ । तर, प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार टिकाउन १३८ मत जुटाउन आवश्यक छ । 

तर, अकस्मात् कुनै उथलपुथल नभएमा विश्वासको मत पाउनेछैनन् । र, उनको बालुवाटार यात्रा यहीँ टुंगिन सक्छ । 

Advertisement

Advertisement