पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, दर्जनौं यात्रुको अवस्था अज्ञात

Advertisement

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा  पहिरोमा परेका दुई वटा बस त्रिशूली नदीमा खसेको हुनसक्ने आशंका गरिएको छ । बिहान करिव तीन बजे पहिरोमा परेका यी दुई बसमा दर्जनौ यात्रुहरु रहेको हुनसक्ने अनुमान गरिएको छ । 

लेदोसहित खसेको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको हुनसक्ने भन्दै प्रहरीले बस र यात्रुहरुको खोजी उद्दार सुरु भएको बताएको छ । अहिले घटनास्थलमा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षाकर्मीहरु पुगेका छन् । 

Advertisement

वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका हुन् । 

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको प्रारम्भिक अनुमान विवरण छ । उनीहरुको अवस्था अज्ञात छ । अहिले खोजी तथा उद्धारमा ७५ जना सुरक्षाकर्मी तथा गोताखोर परिचालन गरिएको छ । 

Advertisement

Advertisement