काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ‘लक इन’ अवधि सकिएको छ ।
संस्थाको १० लाखभन्दा बढी कित्ता शेयरको ‘लक इन’ अवधि असार २७ (हिजो) बाट सकिएको हो ।
‘लक इन’ अवधि सकिएसँगै साे शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।
संस्थाले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म आईपीओ बिक्री खुला गरी असार २८ गते बाँडफाँट गरेको थियो ।
धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने व्यवस्थाअनुसार कम्पनीको १० लाख आठ हजार ३५.४३ कित्ता संस्थापक शेयर र सात हजार ४२४.५३ कित्ता कर्मचारीहरूको शेयर (बोनस शेयरसमेत) ‘लक इन’ मा थियो ।
साथै, कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने शेयर खरिद बिक्री गर्न पाउनेछैनन् ।