काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
घोषणाअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
असार २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।