रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । 

शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

Advertisement

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । 

त्यस्तै, पार्टीले आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

Advertisement

Advertisement