काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुन सुचारु भएको छ ।
गए राति बुद्ध एयरको जहाज अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको थियो ।
जहाजको टायर धावनमार्गमा भासिएको थियो । जसका कारण रनवे साइट बन्द थियो ।
अहिले भासिएको पार्ट निकालेपछि विमानस्थल पुनः सुचारु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।