काठमाडौं । सरकारले रात्रि बस सञ्चालनमा रोक लगाउने प्रस्ताव पेस गरेको छ ।
गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।
शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसेको थियो ।
बर्खाको समयमा रातिमा सवारीसाधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।
यता, प्रतिनिधिसभाको बैठकमा पनि यस विषयले प्रवेश पाएको छ । सभामा पनि सांसदहरूले रात्रिकालीन बस सञ्चालनमा रोक लगान सरकारको ध्यानाकर्षण गराएका छन् ।