नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला : प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबार विश्वास मत माग्ने क्रममा संसद् बैठकलाई सम्बोधन गर्दै उनले संसद् बचाउन आग्रह गरेका हुन् ।

Advertisement

प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद्र नै निल्ने प्रयास गर्ने बताए ।

उनले कांग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे । उनले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे ।

प्रधानमन्त्री दाहालले विगतमा संसद् कांग्रेस र नकेपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गरे ।

Advertisement

Advertisement