धारा ७६(२) अनुसार नै नयाँ प्रधानमन्त्रीको दावी पेश गर्न आव्हान

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

नयाँ प्रधानमन्त्री नियुक्तिका सम्वन्धमा संविधानको धाराका विषयलाई लिएर तर्कवितर्क भइरहेको बेला उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

Advertisement

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

हालसम्मको सत्ता गठवन्धनले अबको सरकार संविधानको धारा ७६(३) अनुसार हुनुपर्ने बताइरहेको छ । अहिलेको सरकार संविधानको धारा ७६(२) अनुसार भएको र संसदमा विश्वासको मत लिँदा प्रधानमन्त्री अल्पमतमा परेपछि फेरि सोही धाराअनुसार नयाँ सरकार बन्न नसक्ने पुष्पकमल दाहाल नेतृत्वको गठवन्धनको तर्क छ । 

Advertisement

Advertisement