प्रधानमन्त्रीमा ओलीको दावी

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेको थियो । 

Advertisement

शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेसको एक नेताले बताए ।


ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । 

Advertisement

Advertisement