कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

Advertisement

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, नक्साल, काठमाडौं या बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ । 

साथै, तोकिएको म्यादभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 

Advertisement

Advertisement