बङ्गुर, बाख्रा र कुखुरापालनबाट थापाले गर्छन् वार्षिक २० लाख आम्दानी

Advertisement

तुलसीपुर ।  तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् ।  

उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन् । करिब रु १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका हुन् ।  

Advertisement

स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले  काम प्रारम्भ गरेको बताए । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भने । उनले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताए । 

बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा  सेवा गरेका थापा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनी भन्छन्, “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उनले भने, “ अब समाजलाई सकेको सहयोग गर्छु । ”

Advertisement