सामाजिक कार्य गर्ने उद्देश्यसहित धादिङ-महालक्ष्मी सम्पर्क समाज गठन, अध्यक्षमा कोइराला

Advertisement

काठमाडौं । धादिङ-महालक्ष्मी सम्पर्क समाजको अध्यक्षमा थानेश्वर कोइराला चयन भएका छन् । 

धादिङ जिल्लाबाट ललितपुरको महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्दै आएका व्यक्तित्वहरुको शनिबार सम्पन्न भेलाले कोइरालाको अध्यक्षमा समिति गठन गरेको हो । 

Advertisement

समाजको उपाध्यषमा शर्मिला कडरिया, सचिवमा बुद्धिमान शाक्य र सदस्यहरुमा इश्वरी सिलवाल, नारायण श्रेष्ठ र दीपक विश्वकर्मा चयन भएका छन् । कोषाध्यक्ष पछि चयन गरिने र हालका लागि सचिव शाक्यले कोषाध्यक्षको पनि जिम्मेवारी निर्वाह गर्ने भेलाले अख्तियारी दिएको छ ।  

धादिङबाट आएका व्यक्तिहरुलाई एक आपसमा परिचय गराउने, नियमित भेटघाट गराउने, सामुहिक रुपमा सामाजिक कामहरु गर्ने र दुःख सुखमा साथ सहयोग गर्ने उद्देश्यले समाजको गठन अध्यक्ष कोइरालाले बताए ।  

undefinedundefined 
 

Advertisement