केपी ओली तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्न सफल

Advertisement

काठमाडौं । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएका छन् । संवैधानिक विवादका बीच आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार नै नियुक्त पाएका हुन् ।

आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसलको समर्थनमा प्रधानमन्त्री दाबी पेस गरेका ओलीलाई आइतबार साँझ धारा ७६ (२)अनुसार नियुक्त गर्ने निर्णय गरिएको हो । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सोही धाराअनुसार नियुक्त भएको र उनी अल्पमतमा परेकाले धारा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गरिनुपर्ने कतिपयको तर्क छ । 

Advertisement

शुक्रबारको प्रतिनिधि सभा बैठकमा दाहालले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ । उनले आजको साइत राम्रो नभएकाले सोमबार मात्रै सपथ गर्न लागेको उनीनिकट स्रोतको भनाई छ । 

Advertisement

Advertisement