एमालेले टुंग्यायो ८ मन्त्रीको नाम, अर्थमा विष्णु पौडेल, अरुको मन्त्रालय टुंगिन बाँकी
file photo

Advertisement

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । आइतबार शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ भने बाँकीको मन्त्रालय अहिलेसम्म टुंगो लागिसकेको छैन । 

Advertisement

यसपटक एमालेले उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा तथा नेताहरु कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने तय भएको छ ।  

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।

Advertisement

Advertisement