काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै आज चाँदी पनि प्रतितोला १० रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।