ओलीले लिए प्रधानमन्त्री पदको सपथ, को को बने मन्त्री ? कसलाई कुन मन्त्रालय ?

Advertisement


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उनले शपथ लिएका हुन् । 

ओली आइतबार साँझ चौंथो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् जुन धाराअनुसारको नियुक्ति अहिले विवादको विषय बन्दै आएको छ । 

Advertisement

सोही धाराअनुसार नियुक्त भएका पुष्पकमल दाहालले संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । सो धारा प्रयोग भइसकेकोले धारा ७६(३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने एउटा पक्षको भनाई छ । तर कांग्रेस एमालेले भने धारा ७६ (२) अनुसार नै नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्ने पक्षमा उभिएका हुन् । 

को को बने मन्त्री ? कसलाई कुन मन्त्रालय ?

प्रकाशमान सिंहः उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री

विष्णु पौडेलः उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङः सञ्चारमन्त्री

रमेश लेखकः गृहमन्त्री

शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

आरजु देउवाः परराष्ट्रमन्त्री

प्रदीप यादवः खानेपानीमन्त्री

बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री

दामोदर भण्डारीः उद्योग मन्त्री

नवलकिशोर शाहः महिला, बालबालिकामन्त्री

देवेन्द्र दाहालः भौतिक पूर्वाधार तथा यातायात मन्त्री

तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेलः स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसियाः कानूनमन्त्री

बद्री पाण्डेः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारीः कृषि विकासमन्त्री

विद्या भट्टराईः शिक्षामन्त्री

मानवीर राईः रक्षामन्त्री

दीपक खड्काः उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री

राजकुमार गुप्ताः सामान्य प्रशासनमन्त्री

ऐनबहादुर शाही ठकुरीः वनमन्त्री
 

Advertisement