रिद्धि सिद्धि सिमेन्टले सम्पन्न गर्यो ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१’ छात्रवृत्ति कार्यक्रम

Advertisement

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि पुनस् आयोजना गरेको 'मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१' को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको  छ । 

यस छात्रवृत्ति कार्यक्रममा कूल १४५ विद्यार्थीहरु सहभागी थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेकोे यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएकोे थियो । 

Advertisement

कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए  ल्याएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद  रु १०,००१ प्रदान गरिएको थियो । साथै यस कार्यक्रम हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो । 

मकवानपुर जिल्लाबाट एसईईमा उत्कृष्ट अंक ल्याउन सफल बिद्यालय बालजागृति इंग्लिश बोर्डिङ स्कूलका प्रधानअध्यापक, सुरक्षा प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिकविद् तथा जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ तथा  सम्पूर्ण संस्थाहरुलाई कम्पनीले हार्दिक कृतज्ञता अर्पण गर्दै प्रमाण पत्रसहित सम्मान गरेको थियो । बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधानअध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु.  ५०००/–, दोश्रो हुनेलाई रु.  ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु. १५००/– एक वर्षसम्म उपलब्ध गराइने  जनाएको छ । 

उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा कम्पनीको आधारिक वेबसाइट र फेसबुकमा प्रकाशित गरिने जनाएको छ ।  

Advertisement