चालुआवको अन्तिम दिन घट्यो शेयर बजारः अर्थमन्त्रीमा पौडेल नियुक्त हुँदा पौने ९ अर्बको कारोबार

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८०-८१ अन्तिम दिन आज शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झर्दा कारोबार रकम भने ह्वात्तै बढेको छ । 

यसअघि नयाँ सत्ता समीकरण बनेपछि अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै शेयर बजार उचालिंदै आएको भएपछि आज पौडेलले अर्थमन्त्रीको पदभार सम्हालेको दिन भने बजार ओरालो झरेको छ । चालु आर्थिक वर्षको वर्षको अन्तिम दिन भएकाले पनि बजार ओरालो झरेको हुन सक्ने आँकलन छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.१८ अंकले घटेको छ । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२४०.४१ अंकमा ओर्लिएको छ । 

समग्रमा बजार घटे पनि हाइड्रो, लगानी, उत्पादनमूलक र म्युचुअल फण्ड क्रमशः ०.७३, १.७०, ०.१२ र १.६७ प्रतिशतले बढेका छन् । बाँकी समूह भने राताम्मे भए । विकास बैंक समूह आज सबैभन्दा बढी घट्यो । 

undefined

आज ३२२ कम्पनीका २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर किनबेच हूँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन आज सिभिल बैंकको ऋणपत्र २०८८, माण्डु हाइड्रो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ र एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९७ र ९.९२ प्रतिशतले नाफा कमाए । 

त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । 

आज अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भयो । उक्त कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५ सय ८९.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ बराबरको कारोबार भएको थियो । 

 
 

Advertisement

Advertisement