मेरो गभर्नरसँग ट्युनिङ मिल्छ, अब मौद्रिक नीतिले उत्साह बढाउँछः अर्थमन्त्री

Advertisement

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् । 

सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताए । 

Advertisement

राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गरे । मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने बताए । 

उनले अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची नभएको बताए । अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गरे । आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताए । उनले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताए । 

Advertisement

Advertisement