माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजमा समस्या, आकस्मिक अवतरण
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण गरेको हो । 

Advertisement

समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाको भनाइ छ ।

Advertisement

Advertisement