राशिफलः आज (साउन १) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल साउन महिनाको १ गते मंगलबार, आषाढ शुक्लपक्षको दशमी तिथि । आज साउने संक्रान्ति, आजबाट दक्षिणायन आरम्भ । आज थारु समुदायको गुरिया पर्व ।

मेष 
मनोबलमा कमि आउने छ । पेशागत जीवनमा रिसिबीको अवस्था आउने छ । परिवारको साथले गर्दा असजिलो परिस्थितिमा आड भरोसा प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । भाग्यहिनताको आभाष लागि रहने छ । शेयर बजार लाभदायी रहने छैन् ।

Advertisement

वृष
परदेश यात्रातर्फको आकर्षणमा ह्वात्तै बृद्धि हुने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा उत्पन्न हुन पुग्ने छ । पेशागत जीवनमा संयमता अपनाउनु पर्ने छ । व्यवसायमा नोक्सानको अवस्था निम्तन जाने छ । शेयर बजार प्रतिकुल रहने छ ।

मिथुन 
सितल खालको स्वाभाव भएको व्यक्तित्व बन्ने छ । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन् । त्यसैले धेरै महत्वाकांक्षा भन्दा व्यावहारिक लक्ष्य राखेर अघि बढ्दा उपयुक्त हुने छ । पेशागत जीवनमा भने स्थिरता देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा खुबी बृद्धि हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कर्कट
आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अघि बढि रहन उर्जा प्राप्त हुने छ । पारीवारिक जीवनमा पैतृक सम्पत्तिका विषयमा किचलो देखा पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

सिंह
मनमा उदासिताले सताउने छ । मनमा अत्यन्त धेरै खिन्नताका मात्रा देखा पर्ने भएकाले धार्मिक आध्यात्मिक विषयमा मन लगाउँनाले शान्ति मिल्ने छ । बौद्धिक क्षेत्रमा उन्नति हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । ग्याष्ट्रिक र छाति सम्बन्धि समस्याले पिरोल्ने छ । शेयर बजार औसत खालको रहने छ ।

कन्या
पेशागत जीवनमा उचाई प्राप्त  हुने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । पदोन्नति तथा कदर हुने छ । बोलीको प्रभावमा बृद्धि हुने छ । रिस कडा हुने भएकाले संयमित रहनु होला । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । यात्राका विषयमा भने संयमित रहनु उपयुक्त हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

तुला
भाग्यहिनताले काममा ढिलाई हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । दाम्पत्य जीवनमा भने मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिम कम हुन पुग्ने छ । आम्दानीमा केही बढोत्तरी हुने छ भने पेशागत जीवनमा भने नसोचेका समस्याहरुले गाँज्ने छ । संयमित रहनु होला । शेयर क्षेत्र मध्यम रहने छ ।

वृश्चिक
मनमा नकारात्मक विचारले प्रधानता पाउने छ । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि हुन पुग्ने छ । बोलीको प्रभावकारितामा भने गिरावट आउने हुँदा बन्न खोजेका कामहरु पनि बिग्रन पुग्ने भएकाले विचार पु¥याउनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

धनु 
पेशागत जीवनमा तिब्र गतिमा उतार चढाव देखिन जाने छ । धेरै जोखिम भन्दा औसत गतिमा अघि बढ्न खोज्नु उपयुक्त हुने छ । जीवनसाथिको साथ सहित पेशागत क्षेत्रलाई अघि बढाएमा वा सल्लाह लिएर निर्णयहरु लिएमा फाइदा मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने अभिबृद्धि हुन पुग्ने छ । शरीरमा थकाईको क्रम बढि देखा पर्ने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

मकर 
घमण्डि व्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा खटपट देखा पर्ने भएकाले संयमित भएर रहनु होला । बोलीको प्रभाव कम हुने छ भने आवश्यक ठाउँमा आवश्यक बृद्धिको अभाव हुने छ । पेशागत जीवन सोचे जस्तो अघि बढ्ने छैन् । वैदेशिक रोजगारीमा रकम डुब्ने चुनौति देखिन्छ । शेयर क्षेत्रमा पनि गुमाउनु पर्ने छ ।

कुम्भ 
बोली प्रभावकारी खालको हुनेहुँदा बलियो व्यक्तित्व बन्ने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । चतु¥याई बढ्ने छ । पेशागत जीवन स्थिर तर्फ जान खोजेता पनि भाग्यको साथ नरहेकाले अस्वाभाविक प्रकारका उतारचढावको सामना गर्नु पर्ने हुने छ । परिवारमा किचलो देखा पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
पेशाप्रति समर्पित रहने स्वाभाव हुने छ । पेशागत क्षेत्रमा उन्नति प्रगति र लाभ मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला । घर, घडेरी तथा जग्गा जमिनसँग सम्बन्धि विषयमा नोक्सानी हुने समय चलिरहेकाले यसबारेमा विचार गर्नु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट भने हल्का फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement