राशिफलः आज (असोज १७) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको १७ गते बिहीबार, आश्विन शुक्लपक्षको प्रतिपदा तिथि । आजबाट दूर्गापक्ष आरम्भ, आज घटस्थापना, नवरात्र आरम्भ ।

मेष 
धार्मिक कार्यमा सहभागि हुने उत्साह आउने छ । भाग्य बलियो रहेको छ । पेशागत र ब्यापार ब्यवसायमा केही सकारात्मक नतिताहरु प्राप्त हुने छन् । साझेदारीमा गरिएका काममा विवादका क्रम देखा पर्ने छन् । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने हुँदा उमङ्गको कमि हुने छ । मन निराश हुने छ । 

Advertisement

वृष 
यात्रामा उल्झन भोग्नु पर्ने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईहरुको सामना गर्नु पर्ने समय रहेकाले धैर्य भएर पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक क्रम देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने र लचक प्रकृतिको व्यक्तित्व हुने छ । 

मिथुन 
मित्रहरुको सल्लाहले महत्वपूर्ण अर्थ राख्ने छ । पेशागत जीवन सकारात्मक हुने छ । भाग्यको बलियो साथ रहेकाले उन्नति प्रगति हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुन पुग्ने छ । 

कर्कट
मनमा दृढताको क्रम आउने छ । साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । परिवारमा मधुरता आउने छ ।

सिंह
धार्मिक आस्थामा आलोचना गर्ने विचार बढ्ने छ । पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने वा गर्नु पर्ने बाध्यात्मक परिस्थिति आइ लाग्ने छ । आम्दानी र खर्चका बीच सन्तुलन कायम नहुँदा कठिनाई उत्पन्न हुने छ । धन सम्पत्तिमा नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्कता अपनाउनु होला । 

कन्या
धार्मिक विषयमा परिवारका सदस्यबीच द्वन्द चर्किने छ । आफ्नो र परिवारको विचार मिल्ने छैन् । पेशा, ब्यवसाय तथा कार्यालय सम्बन्धि विषयमा संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । श्रम सम्बन्धी समस्या झेल्नु पर्ने छ । पेशागत जिम्मेबारीमा छोटोछोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । मनमा दुविधाले सताउने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला ।

तुला 
मित्रहरुबाट उपहार प्राप्त हुने छ । पेशागत जीवन सन्तुलित हुने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई समय शुभ रहेकाले लाभ मिल्ने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई लाभ मिल्ने छ ।

वृश्चिक
दानशिल स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने छ । तरल पदार्थको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा किचलो र द्वन्द देखिने छ । 

धनु 
धार्मिक यात्रा हुने छ । ब्यापार ब्यवसायमा आवद्धहरुलाई फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा पनि गरेको कार्यको उच्च मुल्यांकन हुने र कदर हुने छ । थप जिम्मेबारी प्राप्त हुने छ । प्रभावकारी बाणिका कारण अरुको मन जित्न सकिने छ । 

मकर 
धार्मिक स्वाभावमा बृद्धि हुने छ । पेशागत जीवनमा थप जिम्मेबारी निभाउनु पर्ने हुन्छ । आफु भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा कठिनाईहरुसँग जुध्न शक्ति प्राप्त हुने छ । चलाख व्यक्तित्व बन्ने छ ।

कुम्भ
नराम्रा सपनाले मानसिक तनाव ल्याउने छ । पेशागत जीवन तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने हुन्छ । व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा घमण्डिपनाको मात्रा धेरै बढ्न पुग्ने भएकाले संयमित रहनु नै बुद्धिमानी हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा सवलता हुने छ ।

मीन 
धार्मिक कार्यमा सहभागि हुँदा मनमा शान्ति मिल्ने छ । रोजगारीमा रहेकाहरुले थप जिम्मेवारी पाउने छन् । व्यावसायमा आवद्धहरुलाई पनि फाइदा मिल्ने छ । जोखिमपूर्ण क्षेत्रहरुमा आवद्धहरुलाई फाइदा मिल्ने जाने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement