राशिफलः आज (असोज १८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको १८ गते शुक्रबार, आश्विन शुक्लपक्षको द्वितीया तिथि । आज दूर्गापक्षअन्तर्गत द्वितीय दिन ।

मेष 
साझेदारीमा गरिएका कार्यहरुबाट केही लाभ प्राप्त हुने छ । पानी, डेरी, चिसो पदार्थ, आयात निर्यातका ब्यवसायमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । अन्यको हकमा भने पेशागत जीवनमा भने केही सन्तोष मिल्ने छ । राजनीति, न्याय क्षेत्र, पेट्रोलियम पदार्थ, निर्माणका कार्य, श्रम जगत, हार्डवेयर, सिमेण्ट जस्ता क्षेत्रमा सहभागिहरुको हकमा समय आंशिक सकारात्मक रहेको छ । 

Advertisement

वृष 
पेशागत जीवनका नसोचिएका समस्याहरु देखा पर्न जाने छन् । मनमा सुखको अभाव हुने छ । रिस छिटो उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । दाम्पत्य जीवनमा भने मधुरता बढ्ने छ । जीवनसाथिको सल्लाह र साथमा अघि बढेमा कठिनाईसँग जुध्न सकिने छ । आम्दानीमा भने केही बढोत्तरी हुने छ । 

मिथुन 
बाहिरबाट हेर्दा दृढ देखिए तापनि मन भित्र एक प्रकारको तापले पिरोलि रहने छ ।  मनमा उत्पन्न हुने तिब्रतम दुविधाले गर्दा निर्णय क्षमतामा भने कमि आउने छ । पेशागत जीवनमा सकारात्मक संकेतहरु देखा पर्ने छन् । जीवनसाथिको साथसहित अघि बढेमा भाग्यको अभिबृद्धि हुने देखिन्छ ।

कर्कट
सूचना प्रबिधि, पानी, मदिरा, चिसो पदार्थ, आइसक्रिम, आयात निर्यात, लेखा जस्ता पेशा ब्यवसायमा आवद्धहरुलाई फाईदा पुग्ने छ । मेहनति र लगनशिल ब्यक्तित्व हुने छ । भित्रि बृद्धिमा हुने तिब्रतम विकासले कार्य सम्पन्नतामा मद्धत पुग्ने छ । पढाईमा मन लाग्ने छ । साझेदारीमा गरिएका कार्यहरुबाट प्रतिफल प्राप्त हुने छ ।

सिंह
पेशागत जीवनमा केही प्रगति हुने छ । पेशा तथा ब्यवसायबाट भाग्योदय हुने छ । भाग्य बलियो भएकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । यात्रामा भने अबरोधहरु सृजना हुने छन् । दाम्पत्य जीवनमा केही निराशा आउन जाने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन तथा बिबादहरु उत्पन्न हुने छन् । साझेदारहरुको बीचमा बिबाद चर्कन पुग्ने छ । 

कन्या
धन सम्पत्ति नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनु पर्ने देखिन्छ । भाग्यहिनताको आभाष हुने भएकाले जारी रहेका कामहरु पुरा हुन सक्ने छैनन् । कमाउनु पर्दछ, आफ्नो सपना पुरा गर्नु पर्दछ भन्ने विषयमा मेहनत र पराक्रमी स्वाभाव बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द चर्कने छ ।

तुला 
बोली हुने प्रभावकारिताले अरुको विश्वास प्राप्त हुने छ । त्यसैले बोलीलाई प्राथमिकतामा राखि कार्य गरेमा सफलता छिट्टै हात पर्ने छ । शान्त र भद्र ब्यक्तित्व हुने भएकाले यसका आधारमा अरुको मन जित्न सकिने छ । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुन पुग्ने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुन पुग्ने छ । 

वृश्चिक
भाग्यको बलियो छ । शान्त स्वाभावको ब्यक्तित्व हुने हुँदा अरुको विश्वास आर्जन गर्न सकिने छ । प्रतिकुल अवस्थामा पनि मनमा उत्साह रहनाले देखा परेका समस्याहरु समाधान गर्न तागत प्राप्त हुने छ । पेशागत जीवनका विषयमा भने केही द्वन्द र बादबिबाद चर्किने भएकाले शान्तिसाथ काम गरेमा अनुकलतामा बदल्न सकिने छ । 

धनु 
मनमा उदासिनाता आउने छ । यसले गर्दा राम्रोसँग निन्द्रा नपर्ने समस्या देखा पर्ने छ । त्यसैले मनलाई एकाग्र बनाउन धार्मिक आध्यात्मिक कार्यमा संलग्न हुँदा शान्ति मिल्ने छ । भाग्यको साथ रहनाले ब्यावाहारिक जीवनमा देखा परेका अप्ठ्यारोपना चिर्न मनोबल भने कायम रहने छ । पेशागत जीवनमा एक हदसम्म सन्तोष प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक नतिजातर्फ उन्मुख हुने छन् ।

मकर 
बोल्ड ब्यक्तित्व हुने छ । तर रिसाह ब्यक्तित्व हुने भएकाले अरुसँगको सम्बन्धमा कडापन विकास हुन पुग्ने छ, यसले आफैलाई घाटा पु¥याउने छ । आम्दानीमा बृद्धि हुने छ । जीवनसाथिको साथसहित काम गरेमा उक्त कामले लाभमा भारी बृद्धि गर्ने छ । साझेदारीका कार्यहरु प्रगतितर्फ जाने छन् । पेशागत  जीवनमा थप जिम्मेबारी प्राप्त हुन जाने छ । 

कुम्भ 
औसतमा पेशागत जीवन स्थिरत रहने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । सपना र महत्वाकांक्षाहरु पुरा हुने तर्फ डोरिने छन् । चिसो पदार्थ, पानी, आइसक्रिम, लेखा, मदिरा आदी जस्ता पेशामा आवद्धहरुलाई केही लाभ प्राप्त हुने छ । पैतृक सम्पत्ति तथा धन सम्पत्तिको परिचालन गर्न सकेमा लाभ मिल्न जाने छ । 

मीन
बोली अत्याधिक कडा हुने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा द्वन्द र विवाद चर्कने देखिन्छ । भाग्य बलियो साथ रहेकाले मनमा दृढ बन्ने छ । जीवनमा आउने उतार चढावलाई समाधान गर्न सक्छु भन्ने मनमा लागि रहने छ । पेशागत जीवनमा भने नसोचिएका समस्या देखा पर्न जाने छन् । बोल्ड ब्यक्तित्वमा केही क्षिणपन आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement