काठमाडौं । सुनको मूल्य मंगलबार पनि बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ९ सय बढेको छ भने चाँदी प्रतितोला १० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।