तीनवटा संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन समितिको बैठक बस्दैछ । जसअन्तर्गत महिला तथा सामाजिक मामिला; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बस्न लागेको हो । 

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ । 

त्यस्तै, शिक्षा समितिको बैठक पनि ११ बजे नै बस्नेछ । 

बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका विषयमा छलफल गरिने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement