आव ०८०/८१ मा भद्रपुरले उठायो तीन अर्ब २१ करोड राजस्व

Advertisement

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख ९ हजार रुपियाँराजस्व सङ्कलन गरेको हो ।

Advertisement

कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ ।

गत आवमा ३ अर्ब एक करोड ५९ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए ।

गत वमा कार्यालयको ३ अर्ब ७९ करोड ७१ लाख रुपियाँ राजस्व उठाउने लक्ष्य थियो । तर ८४.५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

‘देशभर व्यापार व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हो,’ उनले भने ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ, भाडा आयकरबाट ३ करोड ६४ लाख रुपियाँ, ब्याजबापत ११ करोड ५९ लाख रुपियाँ, मूल्य अभिवृद्धि करबापत १ अर्ब २९ करोड ५ लाख रुपियाँतथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताए ।

जिल्लामा विकास निर्माणका आयोजनामा गत आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धि करबापत हुने आम्दानी घटेको छ । अघिल्लो आवमा मूल्य अभिवृद्धिकरबापत १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

Advertisement