काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।
बैंकले करार सेवाका लागि ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदमा एक जना कर्मचारी मागेको हो ।
इच्छुक र योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
दरखास्त बैंकको मानव संसाधन विभाग तथा इमेल [email protected] मार्फत पनि दिन सकिनेछ । फाराम बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।
करार अवधि यही सेप्टेम्बर ३०, २०२४ सम्मका लागि हुनेछ भने परियोजनाको आवश्यकताअनुसार नवीकरणसमेत गर्न सकिने बैंकले जनाएको छ ।