गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

यो शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

Advertisement

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर खरिदका लागि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

Advertisement

Advertisement