मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर सुनमा, सुन, तेल र डलरको के छ सम्बन्ध ?

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभाव शुक्रबार नेपाली बजारमा सुनको मूल्य ‘अल टाइम हाई’ (अहिलेसम्मकै उच्च) प्रतितोला एक लाख ६४ हजार चार सय रुपियाँ पुग्यो । 

मध्यपूर्वी देश इजरायल र प्यालेसटाइनबीचको बढ्दो द्वन्द्वकाबीच बिहीबार राति विद्रोही प्यालेसटाइनी हमासका ठूला नेता याह्या सिनवार मारिए । यसलगत्तै शुक्रबार खुलेको बजारमा एकाएक सुनको भाऊले नयाँ रेकर्ड राख्यो । 

Advertisement

पछिल्लो एक वर्षमा सुनको भाउ ३६.२४ प्रतिशतले वृद्धि भइसकेको छ भने ६ महिनामा मात्र सुनको भाउ १२.७१ प्रतिशतले वृद्धि भएको छ ।

मध्यपूर्वमा थप द्धन्द्व बढ्ने संकेत गर्दैगर्दा यता सुनको भाउ बढ्नुले ठूलो अर्थ राखेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स १५ डलरमाथिले बढ्दै २७१० अमेरिकी डलर बराबर पुगेको छ । मूल्य वृद्धिको यो श्रीङ्खला अझै जारी छ ।

‘एकैदिन तोलामा दुई हजार रुपियाँ बढी मूल्य बढ्नुपर्ने अरु कारण केही थिएन । प्यालेस्टाइनका ठूला नेता मारिनु नै यसको प्रमुख कारण हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अरुण रसाइलीले कर्पोरेट नेपालसँग भने ।

उसो त पछिल्लो समय जतिजति मध्यपूर्वीमा द्वन्द्व चर्किदै गएको छ, उतिउति सुनको भाउ पनि उकालो लाग्दै गएको छ । गोल्ड प्राइस ओआरजीका अनुसार पछिल्लो एक वर्षमा सुनको भाउ ३६.२४ प्रतिशतले वृद्धि भइसकेको छ भने ६ महिनामा मात्र सुनको भाउ १२.७१ प्रतिशतले वृद्धि भएको छ । यो अवधि भनेको दक्षिणपूर्वी देश इजरायलसँग अरु राष्ट्र प्यालेसटाइन, लेबनान, इरानबीच बढ्दो द्वन्द्वको समय हो ।

यस अवधिमा इजरायलले प्यालेसटाइन–हमास विरुद्ध चालेको सैने कारबाहीपछि अरु देशहरु समेत क्रमशः इजरायल विरुद्धको घेराबन्दीमा जोडिए । यसको प्रभाव क्रमशः दक्षिणपूर्वी अरु देशहरुमा समेत पर्दै गएको छ । 

यसअघि नै द्वन्द्वमा धकेलिसकेको शक्ति राष्ट्र रुस र युक्रेनबीचको निरन्तरको युद्धले विश्व अर्थराजनीति नै दुई ध्रुवमा विभक्त हुन पुगेको छ । यसको सोझो असर विश्व अर्थतन्त्रमा परेको छ । अन्तर्राष्ट्रिय बजारको आयात–निर्यातसँगै यसको सोझो असर पछिल्लो समय सुनको मूल्यमा समेत पर्न गएको हो । 

युद्ध, डलर, सुन र तेलबीचको कनेक्सन

​अर्थविद् एवंम् बजार विश्लेषक चन्द्रमणि अधिकारी विश्वका शक्ति राष्ट्रहरु युद्धमा होमिदा लगानीकर्ताहरुले सुरक्षित क्षेत्र खोज्दा सुनमा लगानी बढेको र स्वतः भाउ बढेको बताउँछन् । 

यतिबेला डलर र तेलमा लगानी गर्ने अवस्था छैन । किनकी यी दुबैको भाउ ओरालो लाग्दैछ ।

उनले भने, ‘लगानीकर्ताले लगानी गर्ने भनेको कि त करेन्सीमा नै हो । कि त तेलमा, सुनमा र शेयर मार्केटमा नै हो । जब जब शक्ति राष्ट्रहरुबीच द्वन्द्वको स्थिति बन्छ, युद्धमा होमिन्छन्, यसको प्रभाव मध्यम र निम्न वर्गमा पर्छ । उनीहरु लगानी गर्ने उपयुक्त विकल्प खोज्न थाल्छन् ।’

अधिकारीका अनुसार यतिबेला डलर र तेलमा लगानी गर्ने अवस्था छैन । किनकी यी दुबैको भाउ ओरालो लाग्दैछ । यता शेयर बजार पनि उति राम्रो छैन । अहिलेको उपयुक्त र सुरक्षित लगानीको क्षेत्र भनेकै सुन हो । त्यसैले लगानीकर्ताहरु सुन खरीदमा आकर्षित भइरहेका छन् र भाउ बढी रहेको छ । 

उसो त सुनलाई आज मात्र होइन धेरै अघिदेखि नै लगानीको सुरक्षित र भरपर्दो क्षेत्र मानिदै आएको छ । अझ बढी युद्धको समयमा यसमा लगानी बढ्छ । देशहरु सम्पत्तिको जोहो गर्न पनि सुनमा लगानी बढाउने गर्छन् । 

द्वन्द्वको समयमा एकैपटक शक्ति राष्ट्रहरुले, निजी व्यवसायिक क्षेत्रहरुले सबैले सुनमा लगानी बढाउँदा माग बढ्न गई मूल्य बढ्न जान्छ । अहिले भएको यही हो भन्ने विश्लेषकहरुको भनाई छ । 

शक्ति राष्ट्रहरुबीच थप द्वन्द्व चर्किँदै जाँदा सुनको भाउ अझ बढ्न सक्ने विश्लेषकहरुको भनाइ छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा सुनको भाउ तोलाको दुई लाख रुपियाँमाथि जानसक्ने आंकलन गरिएको छ ।

null

डलर र तेल 

युद्धले सुनको भाउ बढाए पनि यता डलर र तेलको मूल्य भने बढाउन सकेको छैन । यसको खास कारण विश्व भू–राजनीतिसँगै शक्ति राष्ट्रहरुले लिएको आर्थिक नीति प्रमुख छन् । 

डी–डरलराइजेशनको नीति अघि सार्दै शक्ति राष्ट्र चीन र रुसले आफ्नै मुद्रालाई प्राथमिकता दिइरहेका छन् भने अरु शक्ति राष्ट्रहरु पनि यसै नीतिमा छन् । यसले पनि विश्व बजारमा डलरको शक्ति क्रमशः कमजोर बन्दै गइरहेको छ । 

पछिल्लो समय शक्ति राष्ट्रहरुबीच शक्ति प्रदर्शन र द्वन्द्व बढ्दैजाँदा देशहरुले आफ्नै मुद्रालाई प्राथमिकता दिने नीति अघि सारेका छन् । डी–डरलराइजेशनको नीति अघि सार्दै शक्ति राष्ट्र चीन र रुसले आफ्नै मुद्रालाई प्राथमिकता दिइरहेका छन् भने अरु शक्ति राष्ट्रहरु पनि यसै नीतिमा छन् । यसले पनि विश्व बजारमा डलरको शक्ति क्रमशः कमजोर बन्दै गइरहेको छ । 

तथापि यता नेपालमा डलरको मूल्य बढ्नुमा भने भारतीय मुद्राको विशेष कारण रहेको छ । नेपालको मुद्रा भारतीय मुद्रा (आईसी)सँग प्येक हुँदा भारु कमजोर बन्दा नेरु पनि स्वतः कमजोर भइरहेको छ । यतिबेला भारतले अन्तर्राष्ट्रिय लगानीसँगै आयातलाई प्राथमिकता दिइरहेको छ जसका कारण डलरमा भूक्तानी बढ्दा भारु कमजोर बनिरहेको छ । यसको सोझो असर नेपाली मुद्रामा परिरहेको छ ।

यता तेलको मूल्य बढ्न नसक्नुमा भने मध्यपूर्वमा बढ्दो द्वन्द्वका बाबजुद तेल खपतको ठूलो बजार अमेरिकासहित रुसले समेत मुद्रा सञ्चितिलाई प्राथमिकता दिनु नै हो । सम्भावित आर्थिक मन्दीलाई ख्याल गर्दै यी देशहरुले पछिल्लो समय खासै तेलमा लगानी गरिरहेका छैनन् । खपतनै कम भएपनि मूल्य घट्नु स्वभाविक हो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको ताजा मूल्य प्रतिब्यारेल ७०.७० अमेरिकी डलर रहेको छ । यद्यपि, यो गत महिनाको तुलनामा केही बढेको हो । गत सेप्टेम्बर २६ मा तेलको अन्तर्राष्ट्रिय बजार भाउ प्रतिब्यारेल ६७.६७ डलर मात्र रहेको थियो ।

undefined

ट्याक्सले खेलेको भूमिका

नेपाली बजारमा सुनको भाउ अझ बढाउन करले अहम् भूमिका खेलेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनको राजस्व १५ प्रतिशतबाट वृद्धि गर्दै २० प्रतिशत पुर्याइदिएको छ । यसले स्थानीय बजारमा सुनको भाउ थप बढाउन सहयोग पुर्याएको छ । 

सुनमा वृद्धि गरिएको भन्सार शुल्क फिर्ता हुने अवस्था बनेको छ । अहिले नै सुन मगाउँदा बढेको कर अनुसार नै शुल्क लाग्ने हुँदा व्यवसायीहरु पर्खिरहेका छन् ।

रसाइलीले भने, ‘स्थानीय बजारमा ट्याक्स वृद्धि गर्दै २० प्रतिशत पुर्‍याउने तर उता छिमेक भारतमा उल्टो घटाएर ६ प्रतिशतमा झारिदिने गर्नाले सुनचाँदी बजार प्रभावित छ । भारतबाट तस्करी गरेको सुनको कारोबार बढ्दा न त बजार राम्रो भएको छ न त सरकारले नै राजस्व पाएको छ ।’

भन्सार शुल्क महँगो हुँदा व्यवसायीहरुले पछिल्लो समय सुन मगाउन नै नसकेको उनले बताए । यसका कारण पछिल्लो समय सुन आयातमा बैंकहरुलाई रोकेको रसाइलीले बताए । उनले भने, ‘व्यवसायीहरुले पहिले नै मगाएको सुन खरीद गर्न सकेका छैनन् । बैंकहरुले खरीद गरेर राखेका १८० किलो सुन बढेको भन्सार शुल्क अनुसार नै व्यवसायीहरुले खरीद गर्नुपर्ने भएपछि समस्या आएको थियो । तथापि, हामीले किनिसकेको सुनलाई जसरी पनि उठाउनुपर्छ भन्यौं । तर, अर्को निर्णय नभएसम्म थप सुन आयात नगर्न बैंकहरुलाई भनेका छौं ।’ 

रसाइलीका अनुसार महासंघले सरकारसँग भन्सार शुल्क फिर्ता लिन पहल गरिरहेको छ । केही दिनमा नै सुनमा वृद्धि गरिएको भन्सार शुल्क फिर्ता हुने अवस्था बनेको छ । अहिले नै सुन मगाउँदा बढेको कर अनुसार नै शुल्क लाग्ने हुँदा व्यवसायीहरु पर्खिरहेका छन् । कर घट्ने बित्तिकै कोटा अनुसार नै दैनिक २० केजीका दरले सुन मगाउने उनले बताए । 

यता बजारमा भने पुरानै सुनको कारोबार बढी चलिरहेको छ । ग्राहकहरुले पुरानै गरगहनालाई गालेर पगालेर नयाँ गहना बनाउने गरेको बताउदै रसाइलीले व्यवसायीहरुले पनि यसैमा काम गरिरहेको बताए । नयाँ सुनको सवालमा भने विदेशबाट व्यक्तिले ल्याउन पाउने २५ देखि ५० ग्राम काँचो सुनको सुविधाबाट नेपाली सुनचाँदी व्यवसाय चलिरहेको छ । 

Advertisement

Advertisement