मौद्रिक नीतिमा प्रधानमन्त्रीको हस्तक्षेप

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपका कारण आज (शुक्रबार) सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकिएको छ । 

सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको राष्ट्र बैंकले दावी गरे पनि प्रधानमन्त्री ओलीले आफूसँग छलफल गरेर मात्रै मौद्रिक नीति जारी गर्न भनेपछि रोक्किएको स्रोतको भनाई छ । 

Advertisement

यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो । सोही प्रयोजनका लागि गभर्नर महाप्रसाद अधिकारीले ८ बजे बैठक डाकेका थिए । 

प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकारमा  युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्नुपर्ने भन्दै रोक्न भनेपछि रोकिएको बताइएको छ । आर्थिक नीति अनुसार राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्दछ । यसरी ल्याउने कुरामा सरकारले राष्ट्र बैंकलाई हस्तक्षेप गर्न नमिल्ने भए पनि यस पटक भने प्रधानमन्त्री ओलीले हस्तक्षेप नै गरेर मौद्रिक नीतिमा चासो राखेका हुन् । 

Advertisement

Advertisement