‘सार्फी’को नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी चयन

Advertisement

काठमाडौं । दक्षिण एशिया क्षेत्रीय वित्तीय समावेशिता पहल (सार्फी)को नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चयन भएका छन् ।

नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्पmबाट गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन भएका हुन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सोमबारदेखि जारी एलाइन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई)– ग्लोबल पोलिसि फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित पाँचौं सार्फी लिडरसिप राउण्डटेलका क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । 

Advertisement

सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए । 

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसि फोरमको बाह्रौं बैठकका क्रममा सार्फी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् । 

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो । 

Advertisement