चार हजार ६ सयलाई पर्ने सूर्योदय वोमीको एफपीओमा पहिलो दिनमै ३ लाख बढीको आवेदन

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको आजदेखि निष्काशन खुला भएको एफपीओमा पहिलो दिनमै ३ लाख बढीले आवेदन दिएका छन् । 

कम्पनीका अनुसार ३ लाख १० हजार ८८ आवेदकहरुले ४९ करोड २५ लाख ४२ हजार रुपियाँ बराबरको ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् ।  

Advertisement

संस्थाले कूल ४६ लाख ७२ हजार ९५४.५० रुपियाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्काशन गरेको छ । 

उक्त शेयर ४ हजार ६ सय ७२ जनालाई १० कित्ताका दरले मात्रै पर्नेछ । एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement