राशिफलः आज (साउन ६) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल साउन महिनाको ५ गते आइतबार, आषाढ शुक्लपक्षको पूर्णिमा तिथि । आज गुरुपूर्णिमा रहेको छ । आज आफ्ना गुरुहरु प्रति सम्मान प्रकट गर्ने दिन रहेको छ । साथै आज व्यास जयन्ती पनि रहेको छ । आज भगवान व्यासको पूजा गर्ने गरिन्छ ।

मेष 
पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने छ । पेशागत जीवनमा स्थिरता प्राप्त हुने छ । समाजबाट पनि कदर र उन्नति हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुखसयलका साधनहरु गुम्ने चुनौति छ । शेयर कारोबारबाट हल्का फाइदा मिल्ने छ ।

Advertisement

वृष
प्रतिष्पर्धात्मक स्वाभावमा कमि आउने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने भएकाले सतर्क रहनु होला । बौद्धिक स्तरमा बृद्धि हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा मनमा निराशा देखा पर्ने छ । शेयर क्षेत्र औसत प्रकारको हुँदा हुँदै पनि हल्का सकारात्मक नतिजा दिने खालको हुने छ ।

मिथुन 
धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन भने शुभ रहने छ । दृढ व्यक्तित्व हुने छ । शेयर बजारमा जोखिमपूर्ण रहने छ । 

कर्कट
प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेमले जीवन मग्न हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । व्यापार, विजनेश, वाणिज्य, एजेन्टिङ्ग, कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । शेयर क्षेत्र पनि अनुकुल रहने छ ।

सिंह
भाग्य बलियो छ । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । आम्दानीमा धेरै केही बृद्धि भए जस्तो हुने छ । धेरै जोखिमका काममा हात हाल्ने समय देखिँदैन् । पेशागत जीवनमा सचेत भएर व्यवहार गर्नु पर्ने समय देखिन्छ । शेयर क्षेत्रमा धेरै जोखिम रहेको छ ।

कन्या
शारीरिक थकान र शरीर कमजोर हुने छ । कमजोर मनोवल हुन पुग्ने छ । साझेदारीमा गरिएका काममा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय रहेकाले यस विषयमा सचेत रहनु होला । शेयर बजार अनुकुल बन्ने छैन् । 

तुला
आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । तर पेशागत जीवनमा भने केही अस्थिरता देखा पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा काम गर्ने क्षमतामा राम्रो नतिजा देखिने छैन् । शेयर बजार औसत रहने छ । 

वृश्चिक
मनमा उदासिनताको मात्रा ह्वात्तै बढ्न जाने छ । जीवनमा भए गरेका सकारात्मक पक्ष तिर भन्दा नकारात्मक विषयमा बढि मन जाने छ । बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । सामान ढुवानी गर्ने सवारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

धनु 
मेहनत र पराक्रमी भाव मनमा निरन्तर आउने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुने छैन् । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । कमाईका लागि छोटो छोटो यात्रा गर्नु पर्ने समय आउने छ । शेयर बजार अनुकुल रहने छ ।

मकर 
पारीवारिक जीवन सामान्यतया सकारात्मक देखिएता पनि बोलीमा हुने कडापनका कारण परिवारमा सदस्यहरुसँग सामान्य भनाभन हुन पुग्ने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ । मनमा दुविधा धेरै आउने छ । धैर्य भएर अघि बढ्नु पर्ने खालको समय छ । शेयर बजार औसत रहने छ ।

कुम्भ 
समय धैर्य हुनु पर्ने खालको छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले थिच्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष हुँदा आफै प्रति निराशाजनक विचार आउने छ । शेयर क्षेत्रले भने फाइदा दिने छ ।

मीन
आम्दानीमा केही बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा बढि फाइदा मिल्ने समय छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने  उच्च हुन पुग्ने हुँदा यस विषयमा विचार गर्नु होला । दृढ आत्माबल भएको व्यक्ति हुने हुँदा कसैसँग नडराउने स्वाभाव हुने छ । शेयर क्षेत्र शुभ दिशामा जाने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement