आजको मौसम : बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

Advertisement

काठमाडौं । देशभर साधारणतया बदली रहँदा अहिले बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Advertisement

कोशी र बागमती प्रदेशका पहाडी भू-भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली, मधेश प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement