केटुको कीर्तिमानी आरोहीहरुलाई एक–एक लाख दिने मन्त्रिपरिषदको निर्णय नै गायब

Advertisement

काठमाडौं । २०७७ माघ ३ मा १० जना नेपाली पर्वतारोहीले विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरे । यसअघि हिउँदमा केटु हिमाल चढेको कुनै पनि रेकर्ड थिएन । 

उक्त रेकर्डपछि आरोहीहरुको चर्चा नेपालमा मात्रै नभएर अन्य देशमा पनि भयो । उनीहरुको यही कीर्तिमानको सम्मान गर्ने भन्दै सरकारले प्रत्येक आरोहीलाई प्रोत्साहनस्वरूप एक–एक लाख रूपियाँ दिने निर्णय गर्यो । २०७८ भदौ १६ गतेको मन्त्रिपरिषदको सो निर्णय सरकारको प्रवक्ता समेत रहेका तत्कालिन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडियाहरुमार्फत सार्वजनिक गरे । त्यो बेलामा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल थिए । 

Advertisement

तर अहिलेसम्म निर्मल पुर्जा पुन मगरसहितका आरोहीले मन्त्रिपरिषदको निर्णयअनुसार प्रोत्साहन रकम पाउनु त परको कुरा गरेको निर्णय नै बेपत्ता भएको छ । उक्त निर्णयको जानकारी न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी छ, न त पर्यटन विभागलाई नै । 

सरकारका तत्कालिन प्रवक्ता कार्कीले त्यतिबेला मन्त्रिपरिषदबाट के के निर्णय भयो ? के के सार्वजनिक गरियो ? आफूले बिर्सिएको बताए । उनले भने, ‘निर्णयहरु के के थियो ? के के सार्वजनिक गरियो ? मलाई हाल याद छैन् । निर्णयहरुबारे मन्त्रिपरिषदको मुख्यसचिवसँग बुझ्नु न ।’ 

पर्यटन विभागका सूचना अधिकारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी यस निर्णयबारे बेखबर छन् । मन्त्रालयकी सूचना अधिकारी आरती न्यौपानेले केटु आरोहीलाई ाआर्थिक सहयोग गर्नेसम्वन्धी मन्त्रिपरिषदको निर्णय आफूलाई जानकारी नभएको भन्दै पर्यटन विभागमा बुझ्न आग्रह गरिन् । विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक  कालीबहादुर भुजेलले यससम्वन्धी कुनै जानकारी माथिबाट नआएको बताए । 

हिउँदमा कटु चढ्ने आरोहीहरुले सरकारले पुरस्कार दिने निर्णय गरेको सुने पनि अहिलेसम्म रकम नपाएको बताउँछन् । रकम थोरै भए पनि सरकारको तर्पmबाट गरिएको सम्मानले आफूहरुलाई प्रोत्साहन गर्ने बताउँदै उनीहरुले उनीहरुले अझै पनि सरकारको निर्णयअनुसारको रकम पाउने आशा नमरेको बताउँछन् । 

आरोहण दलमा रहेका १० नेपालीहरू सुरुमा फरक–फरक दलमा समावेश भए पनि पछि कीर्तिमान कायम गर्न एकै दल बनाएका थिए । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ । दश जना पर्वतारोहीहरुमा निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा ग्याल्जे शेर्पा, मिङ्मा तेन्जी शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा, गेल्जे शेर्पा र सोना शेर्पा थिए । 

सन् १९८७–८८ मा पहिलो प्रयास गरिएपछि केटुको हिमालमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयास भएका थिए । यस अघिसम्म सात हजार ६५० मिटरभन्दा माथि हिउँदमा कोही पुगेका थिएनन् । आरोहण दलमा सहभागी एक सदस्य कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले सरकारले पर्वतारोहण क्षेत्रलाई जति महत्व दिनुपर्ने हो, त्यो नदिएको बताए । 

उनले भने, ‘सरकारले पर्वतारोहण क्षेत्रमा कार्यरतहरुको लागि केही गरेको छैन् । हामीले विश्व कीर्तिमान राख्न सफल भयौं । तर सरकारले केही चासो देखाएको छैन् । निर्णय भएपछि त खोजेर पनि प्रोत्साहन रकम दिनुपर्ने हो । तीन बर्ष बितिसक्यो दिएको छैन् । 

undefined

Advertisement

Advertisement