मेरियट र सेराटनभन्दा अझ ‘लक्जरियस’ चेन ग्रुप ल्याएर होटल सञ्चालन गर्दै शेष घले

Advertisement

काठमाडौं । काठमाडौंस्थित केशरमहलमा निर्माणाधीन व्यवसायी शेष घलेको पाँच तारे होटल ‘सेराटन’भन्दा पनि अझ लग्जरियस अन्तर्राष्ट्रिय चेन ग्रुपले अर्को वर्षदेखि सञ्चालनमा ल्याउने भएको छ । 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घलेले निर्माण गरिरहेको यो होटल अन्तर्राष्ट्रिय होटल चेन सेराटनले सञ्चालन गर्ने भनिए पनि सो ग्रुप फिर्ता हुने भएपछि सोभन्दा लक्जरिज ग्रुपलाई होटल सञ्चालनको जिम्मा दिन लागिएको हो ।  

Advertisement

स्रोतका अनुसार सेराटन फिर्ता गएको नभई फिर्ता गरिएको हो । अन्तर्राष्ट्रिय चेन सेराटन र मेरियट भन्दा पनि अझ लक्जरियस ग्रुपले अर्को वर्षदेखि घलेको होटल सञ्चालनमा ल्याउने जनाइएको छ । 

स्रोतको भनाई छ, ‘सेराटन नेपालमा नआउने भने कुरा होइन । फिर्ता जानुपर्ने कारण पनि छैन् । त्यति धेरै लगानी भइसकेको छ । अर्को वर्ष होटल निर्माण सम्पन्न भइसक्छ । सेराटन गए पनि ऊभन्दा पनि अझ लग्जरियस ब्राण्डमा अर्को वर्षदेखि सञ्चालनमा आउँछ । मेरिट र सेराटन भनेको एउटा ग्रुप भयो । त्यो भन्दा पनि अझ लक्जरियस चेन ग्रुपले यो होटल सञ्चालन गर्छ ।’ 

पाँच तारेभन्दा माथिको स्तरमा घलेले आफ्नो होटल सञ्चालनको तयारी गरेका छन् । २०७१ असोजमा शिलान्यास गरि निर्माण सुरु गरिएको उनको होटल अझै निर्माण सम्पन्न हुन सकेको छैन् । 

Advertisement

Advertisement