ओटीसी बजारमा ९९ कम्पनीको पाँच अर्ब बढीको कारोबार, कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओभर द काउन्टर ९ओटीसी० बजारमा विभिन्न कम्पनीको ५ अर्ब रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेको तथ्यांकअनुसार गत वर्ष ९९ कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपियाँबराबरको कारोबार भएको हो । 

गत आर्थिक वर्षमा ओटीसी बजारमा विभिन्न कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर कारोबार भएको छ । 

Advertisement

ओटीसी बजारमा वर्ल्डलिंक कम्युनिकेसनको शेयर सबैभन्दा बढी मूल्यमा कारोबार भएको छ । कम्पनीको शेयर प्रतिकित्ता ९ हजार ३७५ रुपियाँमा कारोबार भएको छ । त्यस्तै लर्ड बुद्ध एजुकेसन एकेडेमीको कारोबार सर्वाधिक भएको छ । यो कम्पनीको मात्रै १२ लाख ४ हजार ५८३ कित्ता शेयर ६५ करोड ४ लाख ७४ हजार ८२० रुपियाँ बराबरको कारोबार भएको छ । लर्ड बुद्धको प्रतिकित्ता ५४० रुपैयाँमा सेयर कारोबार भएको छ ।

नेप्सेले २०६४ सालमा ओटीसी बजार सञ्चालनमा ल्याएको हो । ओटीसी बजारमा नेप्सेमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार हुँदै आएको छ । हालसम्म ओटीसी बजारमा २४४ ओटा कम्पनी दर्ता भई कारोबारमा रहेका छन् । 

 

Advertisement