त्रिभुवन विमानस्थलभित्र सौर्य एयरलाइन्सको जहाज दुर्घटना भई आगलागी
तस्वीरमा श्री एयरलाइन्सले दुर्घटनाग्रस्त जहाजलाई छेकेको छ, जहाँबाट धुँवाको मुस्लो उठेको देखिन्छ । तस्वीरः रमेश घिमिरे

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । 

जहाज ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको विराटनगर जान लागेका एक यात्री कर्जा तथा निक्षेप सुरक्षण कोषका सीईओ रमेश घिमिरेले जानकारी दिए । दुर्घटनामा मावनीय क्षति भएनभएको खुल्न सकेको छैन् । 

Advertisement

अहिले अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज दुर्घटनापछि उडान र अवतरण गर्न लागेका सबै जहाजहरु रोक्किएका छन् । उड्न तयारी अवस्थामा रहेका यात्रुहरु जहाजभित्रै रहेका छन् भने बाहिरबाट आएका जहाजहरु पनि होल्ड गरिएको छ । 

Advertisement

Advertisement