मर्मतका लागि पोखरा जान लागेको जहाज दुर्घटना, १९ यात्रुको उद्दार हुँदै, केहीको शब निकालियो
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज (नाइनएन–एएमई÷सीआरजी२०० धावनमार्गको पूर्वपट्टि दुर्घटना भएको पुष्टि गरेको छ । 

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले प्राविधिक मर्मतका लागि पोखरा जाने क्रममा जहाज दुर्घटना भएको बताउँदै जहाजमा रहेका १९ जना यात्रुको उद्दार जारी रहेको बताएका छन् । 

Advertisement

उनका अनुसार धावनमार्ग उडान गर्ने क्रममा ०२ बाट २० तर्फ जाने क्रममा पूर्वतर्फ दुर्घटनाग्रस्त हुन पुगेको हो । दुर्घटनापछि आकाशमा कालो धुवाँ उठेको देखिएको छ । विमानस्थलको सुरक्षा टोलीले अहिले जहाजको आलो निभाउने र उद्दारको काम गरिरहेका छन् । 

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

करिब ११ बजे उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको जहाजबाट केही शब निकालिएको छ भने केहीको निकाल्न बाँकी छ । यात्रु तथा चालक दलका सदस्य जिवित रहेनहेको पुष्टि हुन सकेको छैन । 

Advertisement