कीर्तिपुरका मेयर नकर्मीको निधन

Advertisement

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । 

उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए ।  

श्रद्धाञ्जलिका लागि बिहान ९ बजे कीर्तिपुर नगरपालिका परिसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिनेछ ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । 

विसं २०२० साल असार २० गते जन्मिएका नकर्मी काठमाडौं जिल्ला कांग्रेस समितिका उपसभापतिसमेत हुन् । 

Advertisement