सरकारलाई राष्ट्र बैंकको चुनौती: मुद्रास्फीति ५.५ प्रतिशत होइन, ५ प्रतिशतमा सिमित राख्छौं ।

छ प्रतिशतको आर्थिक बृद्धि गर्न १२.५ प्रतिशतले कर्जा बढाउने लक्ष्य

Advertisement

काठमाडौं । सरकारको ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२.५ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आव २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो लक्ष्य लिएको हो । 

त्यो लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘आर्थिक वर्ष २०८१–८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

Advertisement

तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुमा कर्जाको माग हुन सकेको छैन । गत आवमा ११.५ प्रतिशतले  कर्जा बढाउने लक्ष्य लिएको मा ५–६ प्रतिशतको बृद्धि मात्रै देखिएको छ । त्यो अवस्थामा १२।५ प्रतिशतले कर्जा बढ्नमा भने चुनौती नै देखिन्छ । 

तर, राष्ट्र बैंकले मुद्रास्फीति दर ५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । सरकार बजेटबाट मुल्य बृद्धिदरलाई ५.५ प्रतिशतको सिमा राख्ने लक्ष्य लिएको थियो । राष्ट्र बैंकले त्यो भन्दा ०.५ प्रतिशत कमको लक्ष्य लिएको हो । 

‘मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले यो बर्षका लागि पनि सहजतापूर्वक लचिलो मौद्रिक नीति नै ल्याएको छ ।
 

Advertisement

Advertisement