बाढी पहिरोका कारण नौ अर्बको बीमा दावी, अग्रिम भुक्तानीमा शिखर इन्स्योरेन्स अगाडि

Advertisement

काठमाडौं । असोज १० देखि १२ गतेसम्म भएको भारी भारी बर्षाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिमा बीमा कम्पनीहरुले अग्रिम रुपमा दावी भुक्तानी दिन सुरु गरेका छन् । 

बाढी पहिराले परेको असरलाई दृष्टिगत गर्दै कम्पनीहरुले आंशिक रकम अग्रिम रुपमा भुक्तानी गर्न सुरु गरेका हुन् । असार २९ सम्म छ वटा कम्पनीले १७ करोड २८ लाख २८ हजार रुपियाँ अग्रिम दावी भुक्तानी दिएका छन् । 

Advertisement

बिभिन्न ९७ वटा दावी आवेदनमा सो बराबरको अग्रिम दावी दिएको नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकमा उल्लेख छ । त्यसमा शिखर इन्स्योरेन्सले मात्रै ८९ वटा दावी आवेदनमा १७ करोड २४ लाख ७१ हजार रुपियाँ बराबरको अग्रिम दावी भुक्तानी गरेको छ । 

अन्य कम्पनीको तुलनामा शिखर इन्स्योरेन्सले यस्तो दावीलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । यसैगरि हिमालयन एभरेष्टले २३ हजार रुपियाँ बराबरको एक वटा, नेकोले ६६ हजार रुपियाँ बराबरको चार वटा, आईजीआई प्रुडेन्सियलले ३८ हजार रुपियाँ बराबरको एक वटा, सानिमा जिआईसीले दुई लाख १६ हजार बराबरको एक वटा र प्रभुले ११ हजार बराबरको एक वटा अग्रिम दावी भुक्तानी दिएका छन् । 

यो कम्पनीले दिएको आंशिक अग्रिम दावी भुक्तानी मात्रै हो । पूर्ण तथा अन्तिम दावी भुक्तानी भने सर्भेयरको अन्तिम प्रतिवेदन आएपछि मात्रै हुनेछ । हाल बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गर्दै अग्रिम दावी भुक्तानी दिएको कम्पनीहरुको भनाइ छ । 

समीक्षा अवधिसम्म बाढी पहिरो कारण भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा आठ अर्ब ९८ करोड ३० लाख २६ हजार रुपियाँको दावी परेको छ । सो बराबरको रकम माग गर्दै ३२ सय ४४ वटा दावी परेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

सञ्चालनमा रहेको १४ ठूला र चार वटा साना लघु निर्जीवन बीमा कम्पनीमै दावी परेको छ । जीवन बीमा कम्पनीमा परेको दावीको विवरण आइसकेको छैन । बाढी पहिरोमा परेर साढे दुई सय भन्दा बढीको मृत्यु भएको छ । 

पोर्टफोलियोको आधारमा हालसम्म सम्पत्ति बीमामा मात्रै ६ अर्ब ६८ करोड ६७ लाख रुपियाँ बराबरको एक हजार ६२० वटा दावी परेको छ । यस्तै, इन्जिनियरीङ बीमामा एक अर्ब ८४ करोड सात लाख ४० हजार रुपियाँ बराबरको २५९ वटा दावी परकेो छ । 

यसैगरि मोटर बीमा (निजी)मा २३ करोड ७२ लाख ९० हजार रुपियाँ बराबरको ८१६ वटा, मोटर बीमा (सार्वजनिक)मा १६ करोड ९४ लाख ६९ हजार रुपियाँ बराबरको ३४० वटा दावी परेको छ । 
यस्तै, सामुन्द्रिक बीमामा दुई करोड २० लाख ९९ हजार रुपियाँ बराबरको २३ वटा दावी परेको तथ्यांकमा उल्लेख छ । 

कृषि बाली बीमामा एक करोड ११ लाख २२ हजार रुपियाँ बराबरको १२३ वटा, पशुपंक्षी बीमामा एक करोड एक लाख १३ हजार रुपियाँ बराबरको ४८ वटा र विविध बीमामा पाँच करोड ४८ लाख ५० हजार रुपियाँ बराबरको १५ वटा दावी परेको देखिन्छ । 

असोज ११ गतेदेखि १२ गतेसम्म भएको बर्षाले आएको बाढी, पहिरो र डुबानले निजी घर, बिभिन्न स्टोर रुम, पसल, सवारी साधान, ऊर्जा परियोजना लगायतमा ठूलो क्षति भएको छ । त्यसमा बीमा गरेकाहरुले सो बराबरको दावी पेश गर्न सुरु गरेका छन् ।

कुन कम्पनीमा कति दावी र कति अग्रिम भुक्तानी ?

undefined

कुन क्षेत्रबाट कति दावी ? कति भुक्तानी ? 
null

Advertisement

Advertisement