मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई छोएन: शाह

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई नछोएको पर्यटन व्यवसायीले प्रतिक्रिया दिएका छन् ।  

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले भने–‘मौद्रिक नीतिमा पर्यटनबारे केही सम्बोधन भएको  छैन, जसरी निर्माण क्षेत्र, लघुवित्तलाई आएको छ । हाम्रो पर्यटन क्षेत्रलाई ठ्याक्कै छैन ।’ 

Advertisement

उनले भने, ‘त्यसले समग्रमा छोला । तर हाम्रो पर्यटन क्षेत्रको पनि समस्या धेरै छ । अहिले हामी सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई समयमा नै सावा, ब्याज तिर्न गाह्रो भइरहेको छ । जसरी निर्माण क्षेत्रलाई मौद्रिक नीति तथा कार्यक्रममा सम्बोधन गरेको छ । पर्यटन क्षेत्रलाई त्यो रुपमा गरेको छैन् ।’ 

‘हामीलाई यसमा आपत्ति छ किनभने होटलहरु धेरै छन् । तर होटलमा आउने ग्राहकहरु कम छन् । त्यसले गर्दा हामीलाई अहिले समयमा नै साँवा ब्याज तिर्न पर्नेको दवाब छ,’ उनले भने । 

Advertisement

Advertisement