काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।
कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
सो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था जोकोहीले किन्न पाउनेछन् ।
प्रतिकित्ता न्यूनतम १७१ रुपियाँ तोकिएको शेयर बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।
आवेदन आज (साउन १३ गते) देखि साउन १८ गतेभित्र पेस गरिसक्नुपर्नेछ ।