काठमाडौं । चेरीको सब–ब्राण्ड ‘जेको’ गाडी नेपाल आइपुगेको छ ।
जेकोका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले पहिलो चरणमा २ ह्विल ड्राइभको जेको ६ (जे६) भित्र्याएको हो ।
यो ‘प्योर इलेक्ट्रिक’ एसयूभी हो । यसमा ६६ किलोवाटको ब्याट्री र १३५ किलोवाटको मोटर दिइएको छ। यसको ग्राउण्ड क्लेयरेन्स १८० मिलिमिटर छ ।
यसले सिङ्गल चार्जमा ५०१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। कम्पनीले यसको मूल्य ७० लाख निर्धारण गर्ने तयारी गरेको छ ।