काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्तावसहित साधारणसभा डाकेको छ ।
कम्पनीले यही साउन ३१ गते बस्ने गरी विशेष साधारणसभा डाकेको हो ।
सभा, न्युरोड पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजेदेखि सुरु हुनेछ ।
सभाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
त्यस्तै, आईपीओ जारीपश्चात् प्राप्त पुँजीको उपयोग गर्नेबारे र आईपीओ निष्कासनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।